मगर समुदाय भित्र कुनै किसिमको पुजा-आजा, झारा-पर्म, निर्माण, मर्मत , स्याहार सम्भार आदि कार्यको फच्चेको लागि प्रत्येक घरधुरीलाई समान दरले सशुल्क वा निशुल्कमा लाग्ने- लगाउने हिस्सा वा अंशलाई “भेजा” भनेर बुझिन्छ।
वर्षको एकचोटी बस्ने विशेष भेजा भेजा वा गुठ को बैठकले नै आउने बर्ष कस्तो रितितिथि बसाल्ने, झारा पर्म, अन्नपात, पशु पक्षी, रक्सि आदिको मुल्य कति निर्धारण गर्ने, बाटोघाटो, धारा, चौतारा निर्माण र स्याहार सम्भारको आदिको निर्णय लिने प्रचलन थियो र अहिले पनि कतिपय मगर समुदायहरुमा यो परम्परा जीवितनै छ।
अठारह मगरात अन्तर्गत बोलिने मगर भाषाबाट “भेजा” शब्दको उत्पति भएको पाइन्छ र नेपाली बृहत शब्दकोषमा पनि यो शब्द र यसको अर्थले स्थान पाएको छ। मगर भेजाको सरल नेपाली शब्दमा अनुवाद गर्दा – हिस्सा, भाग, अंश, – अंग्रेजीमा -share – को अर्थ बुझाउछ। सामान्य अर्थमा भेजा भन्नाले संगै मिलेर काम गर्नुलाई जनाउछ।
सबै समुदायसंग आपसी सम्मानमा आधारित दिगो र शान्त समाजको लागि समय सान्दर्भिक परिष्कृत मगर भेजा वा गुठ को संरक्षण र सृजना गर्दै मगरहरुको समग्र विकासमा सहजीकरण गर्ने।